बुट्टार १२ भदौ – गोर्खाको गण्डकी गाउँपालिका वडानम्बर एकले कोभिड १९ कोरोना नियन्त्रणको लागि वडाभित्र थप कडाइ गर्ने भएको छ।                                                                                                        छिमिके स्थानिय तह हरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै भाद्र ११ गते वडाकार्यलय मकैसिङमा वडाअध्यक्ष गिर बहादुर गुरुङ सहित अन्य जनप्रतिनिधि र सरोकारवाला हरुको बैठकले वडा क्षेत्र भित्र कोरोना नियन्त्रणको लागि थप कडाइ गर्न लागिएको हो। भदौ ११ गतेदेखी १५ दिनको लागि  वडाक्षेत्र  भित्र कुनैपनी किसिमको होटल, रेस्टुरेन्ट र भट्टी पसल  हरु समेत पुर्णरुपमा बन्द गरिनु पर्नेछ। साथै अत्यावश्यक सेवाको सवारी बाहेक अन्य सवारी साधन संचालनमा पुर्णतः रोक लगाइएको छ भने बिना काम घर बाहिर हिड्न समेत प्रतिबन्ध लगाइएको छ। त्यस्तै अब वडा क्षेत्रभित्र    कुनै पनि किसिमको खेलकुद फुटबल, भलिबल देखि क्यारमबोट लगायत खेल्न पाइने छैन। अति आवस्यकिय खाद्यान्न पसल बिहान/ बेलुका ६ बजे देखि ९ बजे सम्म मात्र खोल्न पाइने छ। बाहिरी जिल्ला बाट आएकाहरुको कडा निगरानी गरि अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष गिरबहादुर गुरुङ द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ।