
बि. पी. त्रिपाठी , इच्छाकामना : जलबिरे खोलामा डुबेर एक यूवकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका ६ स्थित जलबिरे खोलामा डुबेर इच्छाकामना ४ सेक्लाङका अन्दाजी २० बर्षिय अभिषेक मगरको मृत्यु भएको हो । मगरको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) कञ्चन तामाङले जानकारी दिनुभयो । खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले खोलाबाट निकालिएको प्रहरी निरिक्षक तामाङले बताउनुभयो ।