
इच्छाकामना गाउँपालिका ६ पैरेनीमा पहिरोले एक घर पुरिएको छ । बर्षासंगै आएको पहिरोले नौली क्षेत्रीको घर पुरिएको हो । यसैबिच वडा ६ पैरेनीकै दुई घर र तुन्तेषका एक घर उच्च जोखिममा रहेको छ ।
पैरेनीका किशोर चेपाङ, सुक बहादुर चेपाङ र तुन्तेषका कल बहादुर चेपाङको घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष भूपेन्द्र चेपाङले जानकारी दिनुभयो । उनिहरुलाई सुरक्षित स्थानमा वस्ने व्यवस्था मिलाइएको छ ।
यसैबिच ढाला र कालिखोलामा खानेपानीमा क्षती पु–याएको जानकारी आएको उहाँले बताउनुभयो ।