राजन कार्की
कोभिड १९ ले विश्व समुदाय नै घर भित्र वा एउटा कोठामा बस्नु पने अवस्थामा छ।ढिलो चाँडो होला एक न एक दिन यसको पराजय सुनिश्चित छ।बदाबन्दीले शिक्षण क्षेत्रमा नयाँ बहस सिर्जना गरको छ।नेपालमा कुल पैतिस हजार पाँच सय बिस(३५,५२०)विद्यालयमा पठनपाठन गर्ने विद्यालय उमेर समुहका एकासी लाख सताइस हजार दुई सय त्रिसठी बालबालिकाहरू कोभिड १९रोगका कारण पढाइबाट बञ्चित भएकाछन्।विद्यालयमा पठनपाठनको लागी सरकारले शिक्षाविद,अभिभावक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको राय र सुझाव प्रश्चात विभिन्न विकल्पहररू राखीवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,२०७७ ल्याएको छ।यिनै विकल्प मध्धे कुनै पनि एक माध्ययमबाट असार एक गतेबाट पठपाठन गर्ने निर्णण गरेको छ।राष्टेय शिक्षा नीति,२०७६ले सबै तहको शिक्षालाई प्रतिस्पर्धि,प्रविधिमैत्री,रोजगारमूलकर उत्पादनमुखी बनाई देशको अवश्यकता अनुरूपको मानव संसाधन विकास गर्ने लक्ष्य लिएको छ।विद्यालयको नियमितपठनपाठन संचालनका लागिकोभिड १९ जस्तो महामारी र अन्य प्राकृतिक तथा मानविय क्रियाकलापबाट उत्पनभएका असहज परीस्थतिमा पनि शैक्षिक क्षति हुन नदिन अfगामि दिनमाविद्यालय शिक्षामा निम्न लिखित बिकल्पहरू समावेश गर्न सकिन्छ।
१.वैकल्पिक शिक्षामा जोड
बन्दाबन्दीले विद्यालयमा हुने पठनपाठनलाई ठुलो प्रभाव पारेको छ।अब शिक्षण गर्नेपुरानो तरिका बदल्नु पर्ने,नयाँनयाँ शैली अपनाउनु पर्ने,घरैमा बसेर बाहिरीसंसार सँग घुलमिल हुने शिक्षण शैलीको विकास विद्यालयमा हुन जरूरी छ।नियमित चलिरहेको शिक्षण पद्दतिको विकल्पमा जीवनपर्यन्तशिक्षा,पत्रचार शिक्षा,दूर शिक्षा,खुला शिक्षा,खुला विश्वविद्यालय,अनैपचारिक शिक्षा,घुम्ती शिक्षा जस्ता नयाँ तरिका वा प्रक्रियाले शिक्षण गर्ने वैकल्पिक शिक्षा कार्यक्रमविद्यालयमाअवलम्वनगरिनु पर्छ।सरकारले इन्टरनेटमा पहुँच नहुनेका लागि प्रिन्ट सामाग्री दिने,कम्प्युटर भएका तर इन्टरनेट नभएकालाई पेनड्राइभ वा सिडीबाट,टेलिभिजन पहुँच भएकालालाई टेलिभिजनबाट पढाउने,रेडियो,एफएम रेडियो मात्र भएकालाई रेडियोबाटै पढाउने, इन्टरनेट पहुँच भएकालाई र्भचूअल कक्षाबाट पढाई सुरूगर्ने व्यवस्था गरेको छ।विद्यानाथ कोइराला भन्नुहुनछ”परीक्षा खुला मोडबाट गरौं । विद्यार्थीलाई प्रश्न पठाइदिउँ । रेडियोबाट, अनलाइनबाट, टीभीबाट वा मोबाइलबाट पठाइदिउँ । एक महिना लगाएर परीक्षा लिइसकौं । विद्यार्थीले उत्तर सोधोस्, खोजोस्, बुझोस र लेखोस् । बस्तुगत प्रश्न राखौं, विश्लेषणात्मक र वैज्ञानिक ज्ञान जाँच्ने प्रश्नराखौं । तिमी भए के गर्थ्यौ ? भन्ने खालका प्रश्न सोधौं । यसबाट उसको मूल्यांकन गरौं।
२.व्यावहारिक शिक्षा
विद्यालयको शिक्षामा घोकन्ते र परीक्षामुखी परीक्षा प्रणाली भए यसको विकल्पमा व्यावहारिक शिक्षाको खाँचो छ।हालको विद्यालय शिक्षालेविद्यार्थीहरूलार्इ प्रमाण पत्र दिने शैक्षिक बेरोजगार उत्पादन गर्ने संस्था जस्तै भएपुराना गाडी जस्ता धकेल्नु पर्ने,पाठपूर्जा फेनुपर्ने,उठाउनु पर्ने,मर्मत गर्नु पर्ने नत्र थन्किरहने।विद्यालय शिक्षालेजिवनरजगत जोड्ने सकेन,बजारको माग पुरा गरेन,किसानको माग पुरा गरेन,पाठ्यपुस्तक र भान्सा जोडेन सकेन। नेपालको भूगोल र विश्वबजार जोडेन।राष्टिय शिक्षा निति,२०७६ ले भन्छ प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अर्न्तगत हालसम्म ४५ वटा बहु प्राविधिक शिक्षालय,३९७ वटा प्राविधिक शिक्षा प्रदायक सामुदायिक विद्यालय र ४२९ वटा निजी लगानीका प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन्।त्यसैगरी माध्यमिक शिक्षा(कक्षा ९र१०)का ४३४ वटा सार्वजनिक विद्यालयहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन्जोडेन।अहिले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदायक संस्थाहरूको संख्या १३०५ पुगेको छ(राष्टिय शिक्षा निति,२०७६ पेज नं ४)।सिमित विद्यालयले पुगेन अझै धरै विद्यालयमा थप्नु पर्ने देखीएको छ।भोलिका दिनमा माध्यामिक तह सम्म प्राविधिक शिक्षा निःशूल्क विज्ञान,संगीत,जडिबुटि,पर्यापर्यटन र जलश्रोत विद्यालय लगाएत विभिन्न विधाका विशिष्टिकृत विद्यालय खोल्ने व्यवस्था र उच्च तहमा अनुसन्धानमूलकविश्वविद्यालय हुनुपर्नेछ।किनकीहालको विद्यालय शिक्षाले बजारको माग पुरा गरेको देखिएको छैन।विद्यालयशिक्षामा व्यावहारिक तथा व्यावसायिकशिक्षा लागु गर्नको लागि तीन तरीका अपनाउन सकिन्छ।पहिलो तरिका हो,गर्दै र सिक्दै व्यावहारीक सिकार्इको लागिकक्षाकोठा भित्र वा बाहिर जमिनमा च्याउ खेती गर्ने,तरकारीहरू लगाउने,सरसफार्इ गर्ने,गराउने,जस्ता व्यावसायिक खेतीका लागि नमुना तयार गराएर,व्यावसायिक खेतिको लागि सोच विकास गराउनेर पढाइलाई सिकाई सँग जोडेर।दोस्रो तरिका हो,विद्यार्थीहरुलाई सानातिना व्यावसाय गर्न लगाएर,जस्तै विद्यालयमा खाना महोत्सवमा कार्यक्रमकमा संचालन र नियन्त्रणमा सरिक गराएर,अन्तर विद्यालय बिच विज्ञान प्रर्दशनी कार्यक्रम संञ्चालन गरेर,माटो,बाँस,कागज,पातको प्रयोग गरेर सामान निर्माण र बिक्री गरेर।तेस्रो तरिकाहो,प्राविधिक सिपको विकास गरारएर,बिहान बेलुका वा छुट्टीको समयमा विद्यार्थीहरूको रूचीअनुसार विद्यालयले अयोजना गरी विभिन्नसंघ,संस्थाको सहयोगमा मोबाइल,कम्प्युटर,बेतबाँस,सिलाईबुनाई ,खेलकुद,संगित जस्ताप्राविधिक सिप सिकाएर।
३.शिक्षक तालिमको ढाँचामा परिमार्जन
अर्थिक सर्वेक्षण २०७६।७७ले भन्छ नेपालमा शैक्षिक शत्र२०७६मा सामुदायिक र संस्थागत विद्यालय गरी कुल ३लाख १६हजार ८ सय३५शिक्षक रहेका छन्।सबै शिक्षकहरू तालिम प्राप्त छन्।हालको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पेशागत क्षमता अविवृद्दिका लागि प्रमाणीकरण तालिम ३० दिनको हुनेछ।उक्त तालिम १५।१५ दिनको गरेर दुर्इ चरणमा विभाजन गरी क्रमशतालिम केन्द्रमा अधारीत १०दिन र तालिममा सहभागी शिक्षकले कार्यरत विद्यालयमा ५ दिन अभ्यास कार्य गरी प्रतिवेदन तयार गर्नु पर्ने व्यवस्था छ।समयको माग अनुसार तालिमको संरचनामा फेरबदल हुनुपर्ने तर भएन।शिक्षक तालिमउत्साही हुनुपर्ने,सहयोगी प्रविधि मैत्री र रचनात्मक हुनुपर्ने कर्मकाण्डी भयोबढुवाका लागि मात्र लिएको,कागजी प्रकिया पुरा गरे पुग्ने मात्र माछा खान दिने तर मार्न नसिकाउने तरिका जस्तो।कक्षाकोठा नदेखेका प्रशिक्षकहरूबाट एकहोरो प्रवचन मात्र,शिक्षण विधि र प्रक्रियाका रटान मात्र।शिक्षक तालिमको साँचो बदल्नु पर्छ।अबको शिक्षक तालिम संरचना विद्यालयको कक्षाकोठमा केन्द्रीत,विषयविज्ञको सहजीकरण र उपस्थितिमा २० दिने प्रयोगात्मक,व्यावहारीक,खोजमूलक र अनुसन्धानमूलक हुनु पर्दछ।एकल चापीको ठाँउमा बहु चापी लाग्ने साँचो अर्थात केन्द्रको समन्वयमा प्रदेश र स्थानीय तहबाट।शिक्षक तालिमको अबको ढाँचा बालमनोविज्ञान बझ्ने र लागु गर्ने तालिम,सामाजिक अन्तरघुलन हुन सक्ने तालिम,सेवा प्रवेशको लागि र पुर्न:ताजकि भएको तालिम,सूचना र प्रविधिमा सँग जोड्ने तालिम,व्यावहारिक र व्यावसायिक तालिम,कक्षाकोठा र प्रविधि जोड्ने तालिम।
४.पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन
पाठ्यक्रम र पाठ्यपुस्तकलाई सैद्धान्तिक पक्षलाई व्यावहारिक सिकाइसंग जोड्ने उपयुत साधन मानिन्छ।नेपालमा प्रत्येक शिक्षाका प्रतिवेनहरूलेपाठ्यक्रम समय सान्दर्भिक हुन नसकेको,सुधार हुनुपर्ने सुझावहरू दिएका छन्।यसको कार्यान्वन पक्ष फितलो भयो।नेपाल र नेपाली माटो सुहाँउदो परम्परागत सिपमा केन्द्रित,स्थानिय कला संस्कृति र सम्पदाको संरक्षण जस्तापाठ्यक्रम हुनु पर्छ।न कि अरूको देशबाट जस्ताको जस्तै नक्कल गरी ल्यार्इएको वालादिएको पाठ्यक्रम हुनु भएन।हालको विद्यालय शिक्षाको पाठ्यक्रमले व्यावहारपरक ज्ञान र सीपको विकास गर्न सकेन।परीक्षामुखीभयो।अबपाठ्यक्रमकमानेपालको जडिबुटी चिन्नेसुरक्षा र सदुपयोग गर्ने,विश्ववजारमा नेपालको जनशक्ती बिक्ने र टिक्ने,बोझो र तितेपातीको दबाई हुन्छ भनेर जान्ने,घर टोल छरछिमेकमा फोहोर गरेमा रोग लाग्छ हामी लगाएत पर्यावरणलालाई असर गर्छ भन्ने।तराइका जमिनमा धान सप्रिन्छ भनेर जान्ने र लगाउने।पहाडमा फलफुल राम्रो फलाउन सक्ने,हिमालमा बहुमुल्य वनस्पती र लोपान्मुख पशुपन्छीको संरक्षण र विकास गर्ने।उचनिच विभेद घटाउने र सहिष्णुणता कायम गर्न सक्नेपाठ्यक्रम र पाठ्यपुस्तकको लागु हुनु पर्छ।
५.रूपान्तरीत शिक्षक
बन्दाबन्दीले विश्वभरीका मानिसहरू कोठामा सिमित हुनु परेको छ।यस संकटबाट शिक्षक पनि अछुतो रहेन।शिक्षाविदले शिक्षकहरू पुरै निदाएको टीप्पणी गरेका छन्।यस्ता थुप्रै दोषहरूमा राष्टसेवक हुन नसकेको।दलिय राजनिती गरेको।विद्यालयमा पढाउन छाडी जग्गा किनबेच गरेको।अल्छिपन भएको,विद्यालय व्यवस्थापन समिति चयनमा निकट मानिसलाई सघाएको जस्ता।अबको शिक्षकको बाटो स्वयमं रूपान्तरीत हुनु हो।बन्दाबन्दीले सिकाएको पाठ सँगै सूचना प्रविधि सँग परिचित हुन सक्ने शिक्षक।राज्यले खटाएको ठाँउमा जाने र कर्म गर्नेशिक्षक।शिक्षण पेशा लार्इ कर्म मान्नेशिक्षक।असल र उम्दा शिक्षक बनी भावी पुस्तालाई शिक्षण पेशामा पहिलो रोजार्इ बन्ने उदाहरणीय शिक्षक।सेवा प्रवेश पछि काम गर्न शारिरीकरूपमा कमजोर वा बिस बर्ष सेवा पछाडी अनिवार्य अवकास हुने शिक्षक।सामाजिक नेतृत्व लिन सक्ने,बालमनोविज्ञान अनुसार पठनपाठन गर्न सक्नेशिक्षक।प्रश्न गर्न सक्ने जनशत्ती उत्तपादन गर्ने रूपान्तरीतशिक्षकहुने यो सुनैलो अवसर हो।हुनुपर्छ।
अन्त्यमा,शिक्षा देश विकासको मेरूदण्डका रूपमा लिइन्छ ।कोभिड१९कारणले विद्यालयमा पठनपान ठप्प जस्तै छ।विद्यालयको नियमित पढाइको लागिNTV ले टेलिभिजनबाट र कामपाले मेट्रो एफ.एमबाट पढाई सुरू गरेका छन।यस्तै अरू विद्यालयहरूले फरक फरक अभ्यासबाट पढाई गरेका छन।नेपालको भू बनोट अनुसार शिक्षा विज्ञान प्रविधि मन्त्रालयको समन्वय र स्थानिय तहको अगुवाइमा स्थानिय स्तरमा उपलब्ध सूचना तथा संचार प्रविधिको अधिकतम उपयोग गरीवैकल्पिक शिक्षण विधिमार्फत बालमनोविज्ञानलाई असर नपर्ने गरी पढाई सुरू हुनु पर्छ।
लेखक नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय भोजाड चितवनमा अध्ययापन गराउदै आइरहनु भएको छ ।