वीरगञ्ज : अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएकाहरु भाग्न खोजे सुरक्षाकर्मीलाई गोली समेत हान्ने अधिकार दिएको छ । पर्सामा कोरोना संक्रमित पटकपटक भाग्न थालेपछि यस्तो अधिकार दिइएको हो । संक्रमित भागेर जोखिम झन बढाएपछि गोली हान्ने अधिकार दिइएको हो ।
सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको छ ।
संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको खुलेको छ ।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।