कुरिनटार :  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न चितवनको इच्छाकामना गाउँपालिकाले सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको भवनलाई क्वारेनटाइन बनाइने भएको छ ।
विदेश र सीमा आसपास बसोबास गरि हालै आएकाहरुका लागि क्वारेनटाइन बनाइने भएको हो ।घरमा क्वारेनटाइनको व्यवस्था नहुनेहरुका लागि बनाइने कोरेनटाइनको तयारी सुरु भएको गाउँपालिकाअध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक वडामा हालै सीमा आसपास र विदेशबाट आएकाहरुको लगत संकलन कार्य सुरु गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
साथै आज बिहान प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई सहित गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयका प्रमुख, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख , गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सहितको टोलीले सर्वशान्ति मावि भवनको अवलोकन समेत गरेका थिए ।