सत्य पहाडी
हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको इतिहास बर्तमान र भविष्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा ८ मार्च स्वंयममा जागरण , एकता र संर्घष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।
कुनै अस्तित्वमा रहेको मातृसत्ता समय क्रममा पृतीसत्ता परास्त हुनु पुगेसँगै क्रमश  : महिलाहरु दोस्रो दर्जाको नागरिक बन्न बाध्य भए । राजनीतिक आर्थिक, सामाजिक ,एवं संस्कृतिक सवै दृष्टिले अधिकार विहिन भएका पुरुषको सेवक र मनोरञ्जनको साधन बन्न पुगे । सोही अनुरुपको संवैधानिक व्यवस्था र सामाजिक मुल्य समेत तयार हुँदै गए ।
मानवीय मुल्यको आधा भार बोकी रहेका महिलाहरु त्यसरी दोस्रो दर्जाको नागरिक बनि रहन सक्ने कुरा सम्भव हुँदैनथ्यो र हुँदैँन पनि । आफुमाथिको दम र विभेदका विरुद्धमा महिलाहरुले विभिन्न प्रकारका विरोधहरु जनाउन सुरु गरे ।
संगठित आवाजहरु उठाउन सुरु गरे । कत्तै अधिकारका लागि कुरा उठाउन सुरु गरे । कत्तै समान कामको समान ज्यालाको निम्ति आवाज वुलुन्द गर्न थाले । विभिन्न मुलुकमा हुँदै आएका महिला आन्दोलनको समान स्वरुप ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय पहिलो पटक समाजबादी नेतृ कलारा जेटकिनको पहलमा सन् सन् १९११ को दोस्रो अन्तराष्ट्रिय महिला सम्मेलनले गर्र्यो । ८ मार्चको भावना पृतिसत्तामाथी मातृसत्ताको पुर्नस्थापना नभएर सवै क्षेत्रमा समानता हो । समानताको अर्थ सवै अधिकारको प्राप्ति र त्यसको निर्वाध प्रयोग हो ।
एक शताब्दी भन्दा केही बढी वर्ष वितेका छन् । यस क्रममा महिलाहरुले बिभिन्न क्षेत्रमा अधिकार प्राप्त गदै आएका छन् । तर प्राप्त अधिकार अझै प्रयाप्त छैनन् । तसर्थ यस क्रममा प्राप्त भएका उपलब्धि र अधिकारहरु प्रति गौरव गर्दै थप अधिकार प्राप्तिका निम्ति अझ सुसंगठित भएर लाग्नु वर्तमान आवश्यकता हो । नेपालको सन्दर्भमा हेर्दा भेदभाव विना समान बंशिय हक , सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक , राज्यका सबैै निकायमा समानुपातिक , समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक , महिलाहरुलाई सकरात्मक विभेदका आधारमा शिक्षा,स्वास्थ्य , रोजगारी,सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक,सम्पती र पारिवारिक मामलामा दम्पतीको समान हक , महिला विरुद्ध हुँने कुनै खालको हिंसा कुनै पनि नाममा गर्न नपाईने कुराको मौलिक अधिकार हो भन्ने संवैधानिक व्यवस्था हुनु , आफैमा ठुलो उपलब्धि हो ।
यो अधिकार प्राप्तिका लागि संर्घषका क्रममा नेपाली महिलाले प्राप्त गरेको महत्वपुर्ण अस्त्र वा साधन पनि हो । संविधानमा व्यवस्था गरिएका अधिकारको महिलाहरुले केही हद सम्म उपयोग गर्न सुरु गरेका छन् । संविधानले गरेका विशेष अधिकारको उपयोगका अलवा बिभिन्न क्षेत्रमा महिलाले आफ्नो विशेष क्षमता पनि प्रर्दशन गर्दै आएका छन् । चाँहे ,जनयूद्ध, जनआन्दोलनको अग्रमोर्चामा महिलाले खेलेको भूमिका होस् । चाँहे राष्ट्रप्रमुख,न्यायलय प्रमुख , व्यवस्थापिका प्रमुखमा महिलाहरुले कुशलता पुर्वक निवाह गदै आएका जिम्मेवारीको विषय होस् । चाँहे हिमाल आरोहणका साहसिक र विरतापुर्ण कार्यहरुमा होस् । चाँहे अन्य सामाजिक सेवाहरुका क्षेत्रहरुमा नेपाली महिलाहरुले आफ्नो कर्मद्धारा नेपाली महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका छन् ।
यि विषय पनि नेपाली महिलाहरुको निम्ति उत्तिकै गौरव गर्न लायक छन् । विद्यालय जाने छोरीहरुको संख्य बढ्दै छ । मातृ मृत्युदर घट्दो अवस्थामा छ । घरदैलो भित्रको काममा सिमीत महिलाहरुको ठुलो संख्य घर बाहिरको उत्पादनशिल क्षेत्रमा पुरुषसँग काँधमा , काँध जोडेर भाग लिन सुरु गरेका छन् । यि विषयहरु महिलामुक्तीका सुखद पक्षहरु हुन् ।
माथी उल्लेखित उपलब्धि र गौरवको चर्चा गरिरहदा हामीले यो पनि बिर्सनु हुँदैन । यि समानताको आन्दोलनलाई पुर्णता दिन र त्यसको सम्पुर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न अझै बाँकी रहेको छ ।
त्यसका निम्ति हामीले अझै संगठिक रुपमा आवाज उठाई रहनुपर्ने छ । राजनीतिक पक्षमा ५० प्रतिशत सहभागिताको कुरा ,आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्नु पर्दछ । छोरी जन्मिदा पीडा बोध गर्ने समाजमा छोरा जन्मिदा अनिवार्य ठान्ने हाम्रा सामाजिक मुल्य केही हद सम्म कायम छन् । समान कामको समान ज्याला प्राप्ति र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरापनि समस्या रहदै आएका छन् । बालिका र वृद्धाहरु समेत यौन हिंसाको सिकार बन्ने घटनाहरु महिलाहरुको समान अधिकारको अभियानमा केही चुनौतीहरु बनिरहेका छन् । ८ मार्चले समाधानका निम्ति सवैलाई संगठित रुपमा लाग्न प्रेरित गर्नु पर्दछ । यसको निम्ति हामी सबैैलाई ८ मार्चको प्रेरणा मिलोस् भन्ने शुभइच्छा सहित शुभकामना व्यक्त गर्दछु ।
लेखक ः पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।