हेटौंडा :  जन्ती बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा जन्ती वस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु हो । दुर्घटनामा परि ३० जना घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीबाट हेटौंडातर्फ आउँदै गरेको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ ।मृत्यु हुने अरुको नाम, थर, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक तीनैजना पुरुष रहेको र उनीहरुको शव हेटौंडातर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंका अनुसार बकैया–११, घट्टेबाट दुलही लिएर गढी–७, कन्यातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ३० जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।