
तनहुँ : जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना हुन लागेको छिम्केश्वरी पर्यटन तथा सान्स्कृतिक महोत्सव २०७६ बारे जानकारी दिन काठमाडौमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेपाल टुरिजम बोर्डको सभाहल काठमाडौमा यहि फागुन ११ गते आइतबार छिम्केश्वरी पर्यटन तथा सान्स्कृतिक महोत्सव २०७६ बारे पत्रकार सम्मेलन हुने भएको हो ।
काठमाडौमा हुने पत्रकार सम्मेलनको संयोजन आबुखैरेनी समाज काठमाडौ र तनहुँ बन्दिपुर छिम्केश्वरी तमु समाजले संयुक्त रुपमा गर्ने तयारि भैरहेको समाजका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिनुभयो ।
यसपालीको होलि (फागु पुर्णिामा) को अवसर पारेर “छिम्केश्वरी हाम्रो आधार, ग्रामीण पर्यटन विकाशको आधार” भन्ने मुल नाराका साथ आगामी फागुन २५ देखि २७ सम्म झछिम्केश्वरी पर्यटन तथा सान्स्कृतिक महोत्सव २०७६ञ आयोजना हुन लागेको हो ।
यतिबेला महोत्सवको तयारी तिब्र रुपमा भैरहेको छ ।
महोत्सवको सरक्षक आबुखैरेनी गाउँपालिका, आयोजक छिम्केश्वरी पर्यटन विकास समिति, सहआयोजक हिलेखर्क सामुदायिक होम स्टे र छिम्केश्वरी सामुदायिक होम स्टे, प्रवर्द्धक, नेपाल पर्यटन बोर्ड पोखारा, उद्योग वाणिज्य संघ इकाई आबुखैरेनी, इकाई सत्रसय, सम्पदा नेपाल, प्याडल नेपाल र आबुखैरेनीका लायन्स क्ल्वहरु रहेका छन् ।