काठमाडौं :  आ देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।