
एजेन्सी : टर्कीको इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।विमान दुर्घटनामा १ सय ७० जना घाइते भएका छन् । इज्मिर प्रान्तबाट गएको बोइङ ७३७ विमान सबिहा गोक्सेन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
भारी वर्षासँगै तीव्र गतिमा हावा चलेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको थियो भने उडान ुडाइभर्टु गरिएको थियो ।विमानमा १२ देशका २२ जना पर्यटक रहेका पेगासस एअरलाइन्सले जनाएको छ ।
दुर्घटनापछि विमान तीन टुक्रा भएको जनाइएको छ । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।
विमानमा चालक दलका सदस्यसहित १ सय ८३ जना थिए । दुर्घटनापछि विमानमा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो ।