
चितवन,२१ माघ । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखको रुपमा एसपी नान्तिराज गुरुङलाई जिम्मेवारी दिएको छ । यसअघि चितवनमा सरुवा भएकी एसपी गंगा पन्तको ठाउँमा गुरुङ पुगेका आएका हुन् ।
पन्त चितवन नपुगेपछि अब पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी लिएर त्यस तर्फ लागेकी छन् । चितवन सरुवा गरिएकी एपसी गंगा पन्त यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिप लेखेर विवादमा आएकी थिइन् ।
प्रहरी प्रधान कार्यालय स्रोतले चितवनमा गुरुङ र पर्सामा पन्तलाई जिम्मेवारी दिइएको जानकारी दिएको छ । पुस ४ गतेको सरुवाअनुसार ढिलोगरी चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल विमानस्थल सुरक्षामा खटिएका छन् ।
तर चितवन जानुपर्ने पन्त भने विवादकै कारण चितवन पुगेकी थिइनन् । पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ ।