तनहुँ :  आँबुखैरेनीमा बस र माईक्रो एकापसमा ठोक्किएर दुर्घटना भएको छ। बिहान करिब १०ः३० बजेतिर नारायणगढबाट बेसिशहर जादै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाण्डौ जादै गरेको बा ३ ख ४२०१ नम्बरको माईक्रो बस ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परि १९ जना घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । घाईते मध्य ३ को अवस्था गम्भिर रहेको छ । यस्तै घाईतेहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा सामान्य उपचार पछि थप उपचारको लागि २ जनालाई काठमाण्डौ, १४ जनालाई भरतपुर पठाईएको छ भने बाँकीको आँबुखैरेनीमा नै उपचार भैरहेको छ।
दुर्घटनामा माईक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर गम्भिर घाईते भएका छन् भने बसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।