चितवन :  चितवनमा पर्यटक बसले ट्रकलाई ठक्क्र दिदाँ दुई जनाको मृत्यु भएको  छ । काठमाडौबाट जादैँ   गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशा तर्फ जादैँ गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई रामनगरमा आज बिहान ठक्कर दिएको हो । दुर्घटनामा अन्य ३१ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु भएका दुबै जना बसका यात्रु हुन् । उनिहरुको सनाखत भएको छैन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।