चितवन :  निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनले महायज्ञ लगाउने भएको छ । माघ १९ देखि २६ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा धनधान्यान्चल महायज्ञ लगाउने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि जनस्तरबाट सहयोग जुटाउनका लागि महायज्ञ गर्न लागिएको अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए । महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले पुराण बाचन गर्ने महायज्ञ आयोजक समितिका सदस्य सचिव दिनेशकुमार कुमार चुकेले जानकारी दिए ।
जनस्तरबाट बन्न लागेको यो महाअभियानलाई थप प्रभावकारी ढगंबाट सहयोग जुटाउन महायज्ञ गरिएको संयोजक विजय सुवेदीले बताए ।

निर्माणाधीन रंगशालामा ३० हजार दर्शकले खेल हेर्नसक्ने प्याराफिट सहितको क्रिकेट स्टेडियम, प्याराफिट सहितको फुटवल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको इन्डोर पौडी पोखरी बन्नेछ ।

यसैगरी मार्सल आर्टस्, व्याटमिन्टन, भलिवल, वास्केटवल लगायत २२ विभिन्न विधाका खेल खेल्न सकिने यो रंगाशाला अन्तर्राष्ट्रिय स्तरको हुने फाउन्डेसनले जनाए