
चितवन : माडीमा महिलामाथि सामुहिक बलात्कार भएको छ। माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना यूवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन्।