कुरिनटार,१५माघ । चितवनको इच्छाकामनाको वडा नम्बर १ हात्तीबाङमा पहिलो पटक विजुली बलेको छ । लामो समयको प्रयासपछि पहिलो पटक विद्युतीकरण गर्न सफल भएको हो । आज चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले एक कार्यक्रमकाबिच विद्युतीकरणको उद्घाटन गर्नुभएको हो ।
विद्युतीकरणको उद्घाटन गर्दै सांसद पोखरेलले लामो समयको प्रयासपछि विकट ठाउँमा विजुली पु¥याउन सफल भएको बताउनुभयो । उहाँले ३ बर्षभित्र गाउँपालिकाका सबै विकट बस्तीमा विद्युत विस्तारको काम सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले चुनावमा गरेको संकल्प पुरा भएको बताउनुभयो । सांसद विकास कोषको ६० लाख र राज्यको अन्य स्रोतबाट ४० लाख गरी एक करोडको लागतमा विजुली बाल्न सफल भएकोे बताउनुभयो । विजुली बल्न बाँकी क्षेत्रहरुमा पनि छिट्टै विजुली पु¥याइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
पहिलो चरणमा वडा नम्बर १ हात्तिवाङको ७५ घरधुरीमा बत्ती बलेको वडाअध्यक्ष नन्दलाल गिरिले बताउनुभयो । धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको झण्डै छ बर्षपछि विजुली बाल्न सफल भएको उहाँको भनाइछ ।
वडा नम्बर १ मा २ बर्षभित्र सबै घरधुरीमा विद्युत विस्तार गरिने अध्यक्ष गिरिले बताउनुभयो । वडा नम्बर १ मा ६४३ घरधुरी रहेका छन् ।
बत्ती बलेपछि स्थानियहरु खुशी भएका छन् । स्थानीय दीपक पुरीले वडामा बत्ती बलेसंगै हरेक काममा सहजता भएको बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुको पढाई सहज भएको बताउनुभयो । बत्ती नहुँदा उनीहरु सौर्य बत्ती र टुकीको भरमा बाध्य थिए ।
। कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख ध्रुब कार्की नेकपाका प्रदेश सदस्य बद्री तिमिल्सिना, स्थानीय, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।