काठमाडौँ  : कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को अनुदान सहयोग संसदबाट पारित गर्नुपर्ने बताएका छन् । सभापति देउवाले नेपालको बिजुली बेच्ने हो भने अमेरिकी सहयोग स्वीकार्नुको विकल्प नभएको बताए ।

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ दिनेक्रममा मंगलबार सभापति देउवाले विभिन्न शंका(उपशंका गर्न छाडेर एमसीसी पास गर्नतिर लाग्नु पर्ने बताएका हुन्। देउवाले आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले एमसीसीको अनुदान स्वीकार गर्ने निर्णय गरेको स्मरण गराए। ‘म प्रधानमन्त्री हुँदा एमसीसी क्याबिनेटले पास गरेको हो। धेरै अगाडिदेखि सुरु भएको यो परियोजनाले नेपाललाई धेरै सहयोग मिलेको छु, उनले भने, ‘कुनै हालतमा रोक्नु हुँदैन। छिटो पास गरौं।’

सभापति देउवाले ‘सरकारले हुन्छ भनेको छ तर किन भइराखेको छैन।’ अमेरिकी यति ठूलो सहयोग पहिलोपटक आउन लागेको भन्दै देउवाले यससँग सैनिकको विषय नजोडिएको प्रस्ट्याए।

त्यस्तै हालै सभामुखमा निर्वाचित अग्नि सापकोटालाई बधाइ दिँदै उनले सभामुखको रुपमा सापकोटालाई प्रतिपक्षीको पूर्ण साथ र सहयोग रहने बताए । प्रतिपक्षलाई पनि विस्वासमा लिएर अघि बढ्न समेत देउवाले सुझाव दिए ।

मुस्किलले ढिलै भएपनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई बधाइ दिन चाहन्छु । तपाइँको कार्यकालको लागि पूरा पूरा सहयोग हुन्छ, त्यसका लागि मेरो अहिले नै शुभकामना छ ।’