पोखरा : कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्। गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ९दीपक मनाङे० झापड हानेका मिलन गुरुङलाई पनि शुक्रबार कास्की प्रहरीले पक्राउ गरेको हो। गुरुङलाई बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए। अध्यक्ष गुरुङविरुद्ध बिहीबार ठगी र बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको पनि शुक्रबार मात्र पक्राउ गरेको हो। ‘ठगी र बैकिङ कसुरमा प्रहरी कार्यालयमा केही व्यवसायीलगायतले उजुरी दिएका छन्,’ एसपी कार्कीले भने, ‘यसेको अनुसन्धानको लागि नै नियन्त्रणमा लिइएको हो।’ गुरुङलाई गत मंगलबार मनाङेले झापड हानेका थिए। झापड हानेपछि एन्फा अध्यक्ष गुरुङ सांसद मनाङेविरुद्ध प्रहरीकहाँ उजुरी दिएका थिए। उनकै उजुरीको आधारमा सांसद मनाङेलाई बिहीबार नै प्रहरीले नियन्त्रणमा लिएको छ। मनाङे कास्की प्रहरीको हिरासतमा छन्।