
काठमाडौं : सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारी निकायलाई आदेश दिएको छ । जाँड, रक्सीका मनपरी उत्पादन बिक्रीबितरण नियन्त्रण र अनुगमनमा कडाई गर्न निर्देशनात्मक आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्र इजलासले जाँड–रक्सी नियन्त्रण गर्न आदेश दिएको हो ।
व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु मिसाएर घरेलु जाँड, रक्सी, छ्याङु तोङ्बाजस्ता मदिराजन्य पदार्थ छ्यास्छ्यास्ती बिक्रीबितरण र सेवन भइरहेको भन्दै त्यसलाई रोक्न वैशाखमा रिट परेको थियो । उपभोक्तावादीहरुले कानुन, न्याय तथा सामाजिक कल्याण मञ्चतर्फबाट रिट दायर गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।