कुरिनटार, २३ मंसिर । चितवनमा ट्रक दुर्घटना हुदाँ एक एक जना गम्भीर घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ६ ख ६०१९नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ्गमा आज विहान ५ : ३० बजे सडकमा पल्टिएर दुर्घटना हुदाँ चालक गम्भीर घाइते भएका हुन् । घाईते चालकलाई उद्धार गरि उपचारका लागि भरतपुर लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते चालकको परिचय खुल्न सकेको छैन ।
ट्रक सडकमै पल्टिएका कारण अहिले राजमार्ग एकतर्फी मात्र संचालन भईरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा चालक मात्र रहेका थिए ।