भरतपुर : भरतपुर वडा नम्बर २५ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ। सोमबार भरतपुर महानगरपालिका मेयर रेणु दाहालको प्रमुख आतिथ्यमा अस्थाई  प्रहरी चौकी को उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले चितवनलाई शान्ती र अमन चयन दिनमा कुनै कमीकमजोरी हुन नदिई काम गर्ने बताउनुभयो ।

सो अवसरमा डेँगुरोग सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै महानगर प्रमुख रेणु दाहालले सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै डेँगु परिक्षणको कीट सबै अस्पतालमा उपलब्ध रहेको जानकारी दिनुभयो ।
भरतपुर २४ का वडाअध्यक्ष कान्छा मल्लको विशिष्ट आतिथ्य तथा वडा नं २५ का अध्यक्ष विजय भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।