कुरिनटार,३ असोज । चितवनमा सवारी दुर्घटना हुदाँ चार जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ :  ५५ बजे भरतपुर महानगरपालिका २९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिन तर्फ जांदै गरेको ना १ज ८४२८ नम्बरको म्याजिकलाई बिपरित दिशाबाट आईरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिंदा म्याजिकमा सवार चालक सहित चार जना घाईते भएका हुन् । घाईते मध्ये चितवनको इच्छाकामना गाउँपालिका . ६ बस्ने बर्ष ३७ की सरीमांया गुरुङको अवस्था गम्भिर रहेको छ । अन्य घाईते मध्ये दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।