काठमाडौं :  फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् ।

विश्व स्वाथ्य संगठन ९डब्लुएचओ०का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स ९जोखिममा विश्व०’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ ।

शताबदीअघि ‘स्पेनिस फ्लु’को माहामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदी यस्तै महामारी आजको विश्वमा फैलिएमा त्यसले अझै भयावह अवस्था ल्याउन सक्ने चेतावनी प्रतिवेदनमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।