चितवन :  हरेक वर्षको साउन महिनामा देबघाटमा लाग्ने बोलबम मेला आजबाट सुरु भएको छ । आँपटारी र रामनगर गरि दुबै तर्फबाट आवत जावतका लागि सडक यातायात सहज बनाईएको र जिर्ण बन्दै गईरहेको पुलको प्रयोगमा सतर्कताको ब्यवस्था गरिएको देबघाट क्षेत्र बिकास समितीका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । साथै उहाँले तीर्थालुहरुको चाप अत्यधिक हुनेहुँदा पुलपारी जान कठिन हुनेहरुका लागी नारायणीको चितवन तर्फकै किनारमा समेत पुजा गर्ने स्थल निर्माण गरिएको उनले जानकारी दिए ।
बाटो, खानेपानी, विद्युत् गायतको पनि व्यवस्थापन भइरहेको बताए । चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

आईतबार साँझदेखि सोमबार दिउँसोसम्म मेलामा बढी भिडभाड हुने गर्दछ । देशका विभिन्न ठाउँ र छिमेकी राष्ट्र भारतबाट समेत गरि वर्षेनी करिब ४ लाख तीर्थालुहरु देबघाटमा बोलबम मेला भर्न आउँने गर्दछन् ।