कुरिनटार, २९ असार । २०६ औँ आदिकवि भानुभक्त स्मृति दिवसको अवसरमा इच्छाकामना साहित्य प्रवाहले कविता वाचन र उनको व्यक्तित्व र कवित्व बारे चर्चा गरि स्मरण गरिएको छ । कार्यक्रममा प्रवाहका अध्यक्ष कृृष्ण प्रसाद पोखरेल, उपाध्यक्ष एक राज शर्मा, सचिव शंकर प्रसाद सिलवाल, माधव प्रसाद खनाल लगायतले आदिकवि भानुभक्त आचार्यको जिवनी बारे चर्चा गरेका थिए । कार्यक्रममा अर्जुन बहादुर खत्री, राम बहादुर लामा,कृष्णप्रसाद सिलवाल, विष्णु प्रसाद सापकोटा विकास त्रिपाठी, प्रिया पोखरेल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले सहित्य प्रवाहले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साहित्य प्रवाहले बेलबखतमा आयोजना गरिरहने साहित्यिक कार्यक्रमले नयाँ पुस्ताहरुलाई यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
यसैबीच विशिष्ट अतिथि गोवर्धन अधिकारीले साहित्य मार्फत मुलुकमा ठूला ठूला परिवर्तन आएको स्मरण गर्दै सहित्यले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने बताउनुभयो । समाज परिवर्तनका लागि सहित्य बलियो हतियार रहेको उहाँको भनाई छ । साहित्य क्षेत्रको विकासका लागि वडा कार्यालय र आफ्नो व्यक्तिगत सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा वडा न ३ का अध्यक्ष गोवर्धन अधिकारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैबीच आजै इच्छाकामना स्तरीय साहित्य प्रवाह गठन गरिएको छ । कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
यसैबीच उपाध्यक्षमा एकराज शर्मा,सचिवमा शंकर सिलवाल, र कोषाध्यक्षमा सुजन सापकोटालाई चयन गरिएको छ ।
अन्य सदस्यहरुमा रोहिणी त्रिपाठी,रामनाथ त्रिपाठी, सावित्री सिलवाल,चन्द्रमणि सापकोटा,सावित्री गुरुङ, विकास त्रिपाठी र राजेश त्रिपाठी रहेका छन् ।
सल्लाहकार समितिमा तेजविलास अधिकारी, कृष्णप्रसाद सिलवाल, रामबहादुर लामा,ध्रुबप्रसाद अधिकारी,टंकप्रसाद त्रिपाठी,विष्णुप्रसाद सापकोटा,माधवप्रसाद खनाल,हिरालाल गुरुङ, गोबर्धन अधिकारी,जोहन खरेल र यूवराज लामा रहेका छन् ।