कुरिनटार २८ असार,
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण मुलुकका सबै स्थानमा जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएको प्रहरीको् प्रारम्भीक तथ्याङकले बताएको छ ।

राजधानी काठमाडौमै बाढी पसे पछि अहिले अव्यवस्थित भौतिक संरचनाको कारण सहरमा बाढी पसेको स्थानीयले अनुमान गरेका छन। खोला मिचेर वा नजिकै बनाइएका प्राय घर टहरामा हिजो पानी पस्यो। ग्यास देखि पकाउने भाडा र अन्य सामान पनि बगायो। काममा बाहिर निस्केका हरुको पनि हिजो बिजोग नै भयो।

पैदल बाहिर निस्केका हरु रुट फेरेर वा उद्दारकर्मिको सहायताले बासस्थान सम्म फकिए पनि आफ्नो सवारी लिएर निस्केका कांग्रेस महामन्त्री ससांक कोइराला देखि सयौं सर्बसाधरणको सवारी बाढीमा फस्यो। त्यसै क्रममा सानेपाको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। जुन भिडियोमा एउटा कालो रंङको कार बाढिमा डुब्दै गर्दा कारमा सवार ४ जना बिच सडकको बाढीमा फस्छन।

नजिकको घरको छत बाट मोबाइलले खिचिएको भिडियोमा डुब्दै गरेको कार नजिकै छेउमा थुप्रै मान्छे देखिन्छन तर त्यहा कसैले पनि ती डुब्दै गरेका हरुलाई बचाउने प्रयास गरेको देखिदैन। माथी सडकबाट हेर्ने र फोटो भिडियो खिच्ने बाहेक कोहि तल छेउ सम्म झर्ने जमर्को समेत नदेखिएपछि अहिले सामाजिक संजालमा के काठमाडौ साचिकै मानवता हराएको सहरनै होत भनेर टिकाटिप्णी देख्न सुन्न पाइएको छ। सुचना श्रोतको अनुसार त्यो कारमा फसेका हरु स्वयं आफ्नै बलबुताले बाहिर निस्केको खबर छ।