मुग्लिन,८ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा आएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित जलबीरेमा विहान ६ बजेतिरको समयमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
अहिले विहान ८ बजेदेखि पहिरो पन्छाई दुबै तर्फ सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।