कुरिनटार, १ असार । चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको कुुरिनटार ग्रामिण खानेपानी समितिको अध्यक्षमा शिवहरी सिलवाल सर्वसहमतीले चयन हुनुभएको छ । कुरिनटारमा सम्पन्न भेलाले उपाध्यक्षमा भक्तविलास सिलवाल,कोषाध्यक्षमा नारायण सिलवाल, सचिवमा भिमकुमारी थापा, र सह–सचिवमा रामप्रसाद त्रिपाठीलाई गरिएको छ । अन्य सदस्यहरुमा विन्दु चेपाङ, शेर बहादुर थापा मगर, उर्मिला त्रिपाठी, र नेत्र बहादुर गुरुङ चयन भएका छन् ।

यस्तो छ पाँच प्रतिवद्धता
नवनिर्वाचित अध्यक्ष शिवहरी सिलवालले आफ्नो कार्यकालमा महत्वपूर्ण पाँच वटा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आफ्नो समितिको कार्यकालमा १० लाख लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गर्ने,अहिले धरापानीबाट लिफ्टिङ सिस्टमबाट उपभोग गरिरहेको अवस्थाको अन्त्य गर्न श्रोत जुटाएर मुहानबाट खाने पानी उपलब्ध गराउने, आफ्नै भवन निर्माण गर्ने, खानेपानीको सम्पूर्ण अफिसियल काम कम्प्यूटर सिस्टमबाट गर्ने र न्यून शुल्कमा खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।
अहिले कुरिनटारमा ३ लाख लिटरको क्षमता ट्याङकी रहेको छ ।