एजेन्सी राजस्थानको पाकिस्तान सीमा क्षेत्रमा पर्ने बाडमेर जिल्लामा प्रेमी जोडीले बुधबार राती एक अर्कालाई गोली हानेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नुअघि दुवैले बालुवाको थुप्रोमा बसेर देसी पेस्तोलसँग सेल्फी लिएर सामाजिक संजालमा पोस्ट गरेको भारतीय दैनिक भास्करले लेखेको छ । त्यसपछि एक अर्काको अगाडि उभिएर आ–आफ्नो टाउकोमा गोली हाने ।
बिहान दुवैको शव देखेपछि गाउँमा हल्लाखल्ला भयो र मानिसहरु जम्मा भए । पुलिसका अनुसार बाडमेर जिल्लाको लीलसर गाउँमा यी दुईबीच प्रेम थियो । दुवैका परिवार भने यो सम्बन्धको विरुद्ध थिए । बुधबार बेलुका यी दुवै घरबाट निस्केर गाउँबाट पर सुनसान ठाउँमा गएर बसे । दुवैले त्यहाँ बसेर देसी पेस्तोलसँग सेल्फी खिचेर साथीहरुलाई पठाए । त्यसपछि एक अर्काको अगाडि उभिएर आ–आफ्नो टाउकोमा गोली हाने ।