कुरिनटार , २४ जेठ । अवरुद्ध बनेको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा संचालनमा आएको छ ।
चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा आज (शुक्रबार) बिहान पहिरो खसे र सडक अवरुद्ध भएको थियो । सो पहिरो हटाएर विहान ८ बजेदेखि नै संचालनमा आएको प्रहरीले जनाएको छ । पहिरो बिहान ४ बजेको समयमा खसेको थियो ।