रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा बिहान ट्रिपर जलाइएको छ ।खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाइएको हो । बिप्लप नेतृत्व नेकपाको कार्यकर्ताले बन्द अवज्ञा गरेको कारण आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ।
आगलागीबाट ट्रिपर जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष भने,‘आज बिहान साढे २ बजे हात्ती टारमा ट्रिपरका ड्राइभरलाई झारेर आगो लगाइएको पाइएको छ ।’बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौं चल्ने सवारी साधन चल्न सकेका छैनन् ।