चितवन, २६ बैशाख । पछिल्ला वर्षहरुमा चितवनमा घरेलु हिंसा सम्बन्धी घटनाहरु बढ्दै गएका छन् । चितवनमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा महिला हिंसाका घटनाहरुमा बृद्धि भएको देखिएको हो  ।
चितवनमा आर्थिक वर्ष २०७३र०७४ मा घरेलु हिंसा सम्बन्धी दुई सय ५० तथा आर्थिक वर्ष २०७४÷०७५मा तीन सय १५ वटा उजुरी परेकोमा चालु आर्थिक वर्ष २०७५र०७६ को आठ महिनामा दुई सय १९ वटा उजुरी परेका छन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
चालु आर्थिक वर्षको चार महिना बाँकी हुँदा दुई सय १९ वटा उजुरी दर्ता भएकोमा आर्थिक वर्ष सकिने बेलासम्म यो संख्या अघिल्लो वर्षको भन्दा बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा परेका घरेलु हिंसा सम्बन्धी उजुरीमध्ये सबैभन्दा बढी कुटपिट मुद्दाको रहेको छ ।
आठ महिनामा कुटपिट सम्बन्धी ८१ गाली बेइज्जती सम्बन्धी ७७ तथा खान लाउन नदिएको भन्दै ६१ वटा उजुरी परेका छन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
यस वर्ष परेका उजुरीमध्ये एक सय ६ वटा उजुरी मिलापत्र गरेर समाधान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।