काठमाडौं, १५ वैशाख । ‘मिस मंगोल छात्रवृत्ति कोष’ले गोरखाका लोपोन्मुख चेपाङ जातिका दुई विधार्थीलाई पढाउने भएको छ । गोरखाको स्थलगत भ्रमण र चेपाङ वास्तविकता थाहा पाएपछि त्यहाँको चेपाङलाइृ सहयोग गर्ने निर्णय गरिएको मिस मंगोलका विजेता जाङबु ईन शेर्पाले बताईन ।

आर्थिक अभावले विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यकासाथ स्थापित ‘मिस मंगोल छात्रवृत्ति कोष’ ले गोरखास्थित गण्डकी गाउँपालिकाका दुई विद्यार्थी बबिता चेपाङ र सुष्मा चेपाङलाई सहयोग गर्ने भएपछि चेपाङ समुदायमा पनि खुसी छाएको छ । यसा साथै बबिता र सुष्माको भविष्य पनि उज्ज्वल हुने भएको छ ।

त्यहाँका स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं स्थानीयसँगको परामर्शपछि बबिता र सुष्मा छात्रवृत्तिका लागि छनौट भएका मिस मंगोल जाङ्बु ईन शेर्पाले जानकारी दिईन् । उनीहरुलाई यसै शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गर्ने कोषले जनाएको छ ।