नयाँदिल्ली,१५ वैशाख । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् ।