गोरखा,१२ वैशाख । गोरखामा जंगली च्याउ खादाँ दुई जनाको मृत्यु भएको छ ।  गत वैशाख ४ गते जंगलमा उम्रिएको च्याउ खादाँ विरामी भएका गण्डी गाउँपालिका वडा न २ याङ्दकी ५५ बर्षिय सुकमाया सिञ्जाली मगर र उनकी छोरी १३ बर्षिय अमृता सिञ्जाली मगरको उपचारको क्रममा मृत्यु भएको हो । उनकी बुहारीको एलिसा सिञ्जाली भने उपचार पछि घर फर्किएकी छिन् । आमाको आज विहान ७ बजे पुरानो मेडिकल कलेज र छोरीको बुधबार साँझ ७ बजे नर्सिङ होम चितवनमा मृत्यु भएको हो ।
घरमा ७ जनाको परिवार थिए । च्याउको तरकारी भने अन्य चार जनाले नखाएको स्थानीय दिल बहादुर थापाले जानकारी दिनुभयो ।