काठमाडौँ,२ बैशाख । संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् ।

कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् ।

स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी पठाएका ३० जना कर्मचारी स्थानीय तहले फिर्ता पठाएको जानकारी आएको बताए ।यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।