चितवन , २२ चैत । मुग्लिन हाइवे हस्पिटललाई २०७६ बैशाखको पहिलो हप्ताबाट त्रिभुवन विश्व विद्यालय टिचिङ हस्पिटलको विस्तारीत हस्पिटलको रुपमा संचालन गरिने भएको छ । आज त्रिभुवन शिवविद्यालयका उपकुलपती प्रा. डा. तिर्थराज खनियाँ र मुग्लिन हाइवे हस्पिटलका संयोजक राम बहादुर लामाबीच उक्त सहमती भएको हो ।
साथै आज स्थानीय तहका जनप्रतिनिधि लगायत विभिन्न सरोकारवालाहरुसंग अन्र्तकृया गरिएको थियो ।
प्रा. त्रिभुवन शिवविद्यालयका उपकुलपती प्रा. डा. तिर्थराज खनियाँको प्रमुख आतिथ्य तथा चिकित्सा शास्त्र अध्ययन संस्थानका डा जगदीश प्रसाद अग्रवाल शिक्षा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. कृष्णपसाद गौतम गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको आतिथ्यमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा तथा सरोकारवाला हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
त्रिभुवन शिवविद्यालयका उपकुलपती प्रा. डा. तिर्थराज खनियाँले टि यू टिचिङ हस्पिटलको विशषज्ञतालाई समुदायमा पु¥याउने अवसरको रुपमा टि यू टिचिङ हस्पीटलताको विस्तारित हस्पिटलको रुपमा लैजाने योजना बनाएको बताउनुभयो । डा जगदीशप्रसाद अग्रवालले जनता हस्पिटलमा होईन हपिटल जनतामा जानु पर्ने योजना स्वरुप यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो ।
कार्यक्रमा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ यस अभियानलाई व्यक्तिगत त गाउँपालिकाको तफृबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
साथै उपाध्यष कृतिकुमार श्रेष्ठले अत्याधिक दुर्घटना हुने राजमार्गको बीचमा पर्ने मुग्लिनमा हस्पिटलको स्थापना महत्वपूर्ण रहेको बताउनुभयो ।
त्रिभुवन विश्व विद्यालय टिचिङ हस्पिटलको विस्तारीत हस्पिटलको रुपमा संचालन हुन लागीरहेकोमा ध्नवाद दिदैँ खुसी व्यक्त गर्नुभयो ।
वरिष्ट नशा रोग विशषज्ञ डिन चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन समेत रहेका वरिष्ट नसा रोग विशषज्ञ जगदिश प्रसाद अग्रवालले १७ जनाको स्वास्थ्य परिक्षण गरि अनौपचारीक रुपमा आजबाट सेवा सुरु गरेका छन् ।
बैशाख पहिलो हप्ताबाट यस मुग्लिन हाइवे हस्पिटल त्रिभुवन विश्व विद्यालय टिचिङ हस्पिटलको विस्तारीत हस्पिटलको रुपमा संचालन हुने हस्पिटलका संयोजक राम बहादुर लामाले जानकाी दिनुभयो ।

सो सरोकारवालाहरुको भेलामा आफ्नो मनतब्य राख्नेहरुमा ईच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्री कीर्ति कुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष श्री मोदराज सिलवाल, गाउँपालिकाका प्रबक्ता श्री साबित्री गुरुङ, नेकपाका प्रतिनिधि बरिष्ठ समाजसेवाी जयलाल श्रेष्ठ, नेपाली कांग्रेस ईच्छाकामनाका संयोजक श्री बिष्णु कुँवर हुनुहुन्थ्यो। चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डिन, प्रशासन प्रमुख, महेन्द्ररत्न क्याम्पस संचालक समितिका अध्यक्ष समेतको उपस्थिति रहेको सो भेलामा स्वागत भाषण स्थानीय सामाजिक संस्था कर्तब्यनिष्ठ महिला समाजका अध्यक्ष श्री सिर्जना देवकोटाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी उपशाखा मुग्लिंङका सचिव श्री शंकर सिलवालले गर्नु भएको थियो। समारोह पश्चात बरिष्ठ नशा रोग बिशेषज्ञ समेत रहेका चिकित्साशास्त्र अध्यन संस्थानका डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालले १७ जना स्थानीय बिरामीको स्वास्थ्य परीक्षण समेत गरी मुग्लिङ हाईवे हेल्थ क्लिनिकको सेवा समेत आरम्भ गर्नु भएको थियो।