आबुखैरेनी 

इच्छाकामनामा पछिल्लो समय सामाजिक क्रियाकलापमाआफ्नो सक्रियता बढाइ धेरैको मन जित्न सफल सिर्जनशिल महिला जागरण केन्द्रले आफ्नो दोश्रो साधारण  सभा र सिर्जनशिल सामाजिक  उधमि महिला सहकारी संस्थाको समुदघाटन कार्यक्रम सम्पन्न गरेको छ। सनिबार आबुखैरेनी गाउँपालिका अकला मन्दिर प्रांगणमा इच्छाकामना गाउपालिका अध्यक्ष उपाध्यक्ष लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सामाजिक उत्तरदायित्व लाई सर्बोपरी गर्ने उद्देश्यका साथ इच्छाकामना गाउपालिका वडा ५ का महिलाको सक्रियतामा संचालनमा आएको संस्थाले हाल सम्म  गरेको प्रगतीको विवरण र भाबी योजना समेत प्रस्तुत गरेको थियो। जुना गुरुङले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष सावित्री पुडासौनीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ बिशिस्ट अतिथि उपाध्यक्ष  कृति कुमार श्रेष्ठ त्यस्तै अतिथि हरुमा वडा ५ का अध्यक्ष  मोदराज सिलवाल, गाउँपालिका प्रबक्ता सावित्री गुरुङ,नेपाली कांग्रेस इच्छाकामना संयोजक बिष्णु कुवर लगायत हुनुहुन्थ्यो। संस्थाको प्रगती विवरण पेश गर्नु हुँदै कोषाध्यक्ष सुजा लम्सालले आफू हरुले धेरै सामाजिक काम गरेको जानकारी दिनु भएको थियो। गाउँपालिका अध्यक्ष र उपाध्यक्षले संस्थाको आफ्नै भवन निर्माण लगायतको क्षेत्रमा आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने बताए पछि संस्थाका सदस्य तथा सुभ चिन्तक हरु खुसी भएका थिय। संस्थाले सहकारीको क्षेत्रमा पनि हात हालेकोले अब छिट्टै अझ शसक्त भयर महिला र सामाजिक काममा लागि पर्ने बताउदै संस्थाको अध्यक्ष सावित्री पुडासैनीले सबै सहयोगी हरुलाइ धन्यवाद दिनु भएको थियो। कार्यक्रम कै शिलशिलामा विभिन्न रमाइला खेल हरु समेत खेलाइ प्रथम दितिय र तृतिय हुने लाई मेडल र पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको सबै भिडियो यो लिन्कमा हेर्न सकिन्छ।

https://youtu.be/EPsJOWJh-zU