सहिदलखन गाउँपालिका
हिन्दु नेपाली हरुको महान चाड महाशिव रात्रीको अबसरमा गोर्खाको सहिदलखन गाउँपालिका ४ जुग्दी राइनसमा हुने क्लब स्तरिय खुल्ला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
यहि फागुन १८ गते बाट सुरु हुने प्रतियोगिता भब्य बनाउन कुनै कसर बाकी नराखिने र सम्पुर्ण तयारी र बाकी काम तिब्र रुपमा भै रहेको क्लबका अध्यक्ष लक्ष्मण काप्रीले जानकारी दिनु भयो। उहाले सबै समक्ष अब ९ दिन पछि हुने प्रतियोगिता सफल बनाउन सहयोग गरिदिन अनुरोध समेत गर्नु भएको छ।
भलीबल कार्यक्रम अन्तर्गत गोर्खा जिल्लामा नै जन्मियर भलिबल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउने अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङ र राष्ट्रिय भलिबल खेलाडी धन बहादुर भट्ट लाई जन सम्मान कार्यक्रम समेत राखियको क्लबले जनाएको छ।
प्रतियोगितामा बिजयी टिमले नगद ५० सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ।उक्त भलिबल प्रतियोगिताको अफिसियल मिडिया पाट्नरको रुपमा इच्छाकामना यफ यम र इच्छा खबर डट कम रहेको छ।