काठमाण्डौ,२४ माघ । आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ ।पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् रिमालका अनुसार अस्तिदेखि नै बदली गराएको पश्चिमी वायु आइतबारदेखिमात्र सुधार हुने देखिएको छ
बाढी पूर्वानुमान शाखाले सूचना निकालेर उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने भन्दै ती क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । पर्सि शनिबारसम्म देशभरका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले केहि दिन पदयात्रामा ननिस्कन मौसमविद्ले सुझाव दिएका हुन् ।