चितवन, ११ साउन । चितवनबाट काठमाडौ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

चितवनको ईच्छाकामना–३ खानी खोलामा बस दुर्घटना भएको हो । बस सडकबाट ६० मिटर तल त्रिशुलीको किनारमा खसेको चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जानकारी दिनुभयो ।

घाइते केहीको अवस्था चिन्ताजनक रहेको उहाँको भनाइ रहेको छ । घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीले उद्दार गरेर अस्पतालसम्म पु¥याएका छन् । घाइतेहरुलाई राजमार्गमा संञ्चालित विभिन्न अस्पताल, मेडिकलमा राखिएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।