गोरखा,२ असार । गडैमा टिपर दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोक पल्लोटारबाट बनटार जादैँ गरेको ना ७ ख ९६ २३ नम्बरको टिपर आज साँझ ५ बजे गडैमा दुर्घटना भएको हो ।दुर्घटनामा परि निर्मला चेपाङ, नर बहादुर चेपाङ, जमुना चेपाङ,इन्द्रमाय गुरुङ, जुना चेपाङ र पार्वती चेपाङ घाईते भएका हुन् ।
घाइतेहरुको स्थानिय पोलिक्लिनिकमा उपचार भईरहेको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई थप उपचारका लागि भरतपुर लैजाने तयारी गरिएको छ।
बर्षाका कारण कच्ची सडकमा चिप्लिएर ट्रिपर पछाडी हट्दा दुर्घटना भएको बताइएको छ ।
