राजेन्द्र आचार्य
चितवन, २३ कात्तिक । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसगँ एकता अहिले नभएर जनयुद्ध वेलामा लिखित रुपमा भएको बताएका छन् ।
‘१२ बुदेँ अगाडी नै रोल्पाको लोसेवाङ्ग भन्ने ठाउँमा एकताको पहिलो हस्ताक्षर भएको थियो उनले भने । दुवै पार्टीको प्रतिनिधिहरु बसेर लिखित रुपमा संविधान सभामा जाने, निरङ्गकुशतन्त्रका विरुद्ध पनि जाने र शान्ति वार्तामा पनि जाने भनेर पहिलो लिखित रुपमा पहिलो सम्झौता भएको हो । ’
चितवनका भरतपुरमा रहेको माओवादी पार्टी कार्यालयमा वामगठबन्धनको संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले र नेकपा माओवादी कन्द्र विचमा जनमुक्ति सेनाको घेरामा र अर्को सरकारी सेनाको दबदाबको विच लिखित रुपमा एकता गर्ने सम्झौता पछि मात्रै १२ बुदेँ सम्झौता भएको समेत दावी गरे ।
साथै उनले यो ऐतिहासिक सच्चाईएको भएको दावी गर्दै कसैले पनि झुटो सावित गर्न नसक्ने ठोकुवा गरे ।
यस्तै भुमिगत रुपमा एमालेसगँ सम्झौता नभएको १२ बुदेँ सम्म ल्याउन कठिन रहेको समेत बताए ।
संविधान चुनाव भन्दा पहिले पनि धेरै श्रृखला रुपमा पार्टी एकताको लागि भन्दै सयौँ पटक बढी समेत वार्ता भएको हो ।