देश / समाज

आज पहाडी भेगका एकदुई स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

आज पहाडी भेगका एकदुई स्थानमा हल्का बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशको पहाडी भूभागम...

आज महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै

आज महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै
काठमाडौँ  :  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्...

मौसम :आज हल्का बर्षा र हिमपातको सम्भावना

मौसम :आज हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौँ  :  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पनि सुदूरपश्चिम, कर्णाली र गण्...

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ  :  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर...

मनकामना केबलकार तीन दिन बन्द हुने

मनकामना केबलकार तीन दिन बन्द हुने
कुरिनटार :  मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना(४ कुरिनटार ९चेरेस०बाट १० मिनेटमा पुग्ने गरी २०५५ साल...

ऋण काढेर दशैं मनाउँदै चितवनका चेपाङ समुदाय

ऋण काढेर दशैं मनाउँदै चितवनका चेपाङ समुदाय
चितवन : जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैं मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् । इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । उनले भने,...

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै
काठमाडौँ :  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई ...

इच्छाकामना आधारभुत अस्पतालको सेवा सुभारम्भ, स्वास्थ्यमन्त्री जोशीद्वारा समुद्घाटन (फोटोफिचर)

इच्छाकामना आधारभुत अस्पतालको सेवा सुभारम्भ, स्वास्थ्यमन्त्री जोशीद्वारा समुद्घाटन (फोटोफिचर)
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटारमा आधारभुत स्पताल सेवाको  समुद्घाटन गरिएको छ ।बागमती  प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालको समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री जोशीले  इच्छाकामनालाई वागमती प्रदेशले कहिल्यै टाढा नराखेको र टाढा पर्न पनि नदिइने  बताउनुभयो । उहाँले भन्नुभयो, “ विगतको बर्षमा भन्दा कम बजेट प¥यो होला अहिले राज्यको बजेट नै कम छ, तपाइले रातो किताब हेर्नुभयो भने थाहा हुन्छ ,बागमती प्रदेश सरकारले इच्छाकामन...

आँबुखैरेनी गाउँँपालिकाद्वारा घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

आँबुखैरेनी गाउँँपालिकाद्वारा  घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो । नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक,...

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ  :  दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अ...