भरतपुर–२५ मा मङ्गलम पोल्ट्रीको दुर्गन्धले स्थानीय र निकुञ्जका वन्यजन्तु प्रभावित
सुमन सुबेदी
चितवन : भरतपुर महानगरअन्तर्गत भरतपुर–२५ चन्द्रकलादेवीस्थान टोल विकास क्षेत्रमा सञ्चालित मङ्गलम पोल्ट्रीले फैलाइरहेको दुर्गन्धका कारण स्थानीय बासिन्दा सँगै नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज का वन्यजन्तु समेत प्रत्यक्ष प्रभावित भएको गुनासो बढ्दै गएको छ।
स्थानियका अनुसार पञ्चरत्न ह्याचरीको जग्गामा सञ्चालनमा रहेको सो पोल्ट्री फर्मले करिब २५ हजार लैयर्स कुखुरा पालेको छ। गर्मी मौसममा झनै बढ्ने दुर्गन्धका कारण टोलभरि दुर्गन्ध फैलिने, स्वास्थ्यमा समस्या देखिने र ब...









