फिफा विश्वकप : मेस्सीको पेनाल्टी मिस, आइसल्यान्डले बराबरीमा रोक्यो
चितवन, २ असार । फिफा विश्वकपमा अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको छ। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई १,१ गोलको बराबरीमा रोक्न सफल भएको छ।
खेलको १९ औँ मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर यो अग्रता चार मिनेट पनि टिकेन। अल्फ्रेओ फिनबोगासनले २३ औँ मिनेटमा गोल गरेपछि मध्यान्तरसम्म खेल १–१ को बराबरीमा टुङ्गियो। मध्या...