कुरिनटार : पहिरो कारण अवरुद्ध पृथ्वीराजमार्ग पुन ः सुचारु भएको छ । जिल्ला प्ररही कार्यालय चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ फिस्लिङमा आज बिहान ४ : ४५ बजे सडक माथिबाट ढुङ्गा लेदोसहितको पहिरो खसेपछि मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएपछि राजमार्ग दुई तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो । अवरुद्ध सडक सुचारु भएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् ।
इच्छाखबर संवाददाता












