कुरिनटार :  पहिरो कारण अवरुद्ध पृथ्वीराजमार्ग  पुन ः सुचारु भएको छ । जिल्ला प्ररही कार्यालय  चितवनका अनुसार पृथ्वीराजमार्ग अन्तरगत चितवनको  इच्छाकामना  ३ फिस्लिङमा  आज बिहान ४ :  ४५ बजे  सडक माथिबाट ढुङ्गा लेदोसहितको पहिरो खसेपछि  मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएपछि  राजमार्ग  दुई तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  प्रहरी नायब  उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो । अवरुद्ध सडक सुचारु भएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका  छन् ।