दुर्गा घिमिरे
“प्रेम के हो”
“सुन्दरतालाई हजुरले कसरी परिभाषित गर्नुहुन्छ सर?”
जीवन भोगाइको शिलशिलामा आउने याबत उनको प्रश्नले म उकुसमुकुसको अवस्थमा पुगेको थिए ।उनि भित्र एक प्रकारको कामुकता थियो त्यसैले उनको अगाडि पर्ने जो कोहि प्रेमरुपी जालमा सजिलोसँग पग्लिन सक्थ्यो ।

जीवन भोगाइको शिलशिलामा आउने जो संग प्रेम र चेतना र यथार्थका पलहरु म खोतल्न म असमर्थ थिए । सयौं पटक “बिजय म तिमीलाई प्रेम गर्छु ” भने पनि म ढुङ्गा झै अडिग हुन चाहन्थे । मैले यथार्थमा यि सबै परिघट्नालाई सामन्य रूपमा हेरिरहेको थिए । कवि साहित्यकारको नजरमा उनको सुन्दर नयन , लामो कपाल, छिनेको कम्मर, चुलबुले हिडाइ, साहित्य सिर्जनाको विषयबस्तु बन्न सक्थ्यो होला तर ममा शिष्टता प्रति त्यति धेरै लालस थिएन ।उनका अघोसित चाहना, उन्मुक्त चेहेरा र मीठासपूर्ण बोलिले म कतै उद्देश्यबाट पदच्युत हुन्छ की भन्ने भयले सशंकित थिए।

पढाइमा कमजोर भै भनेर उनका आमावावुले घर भाडा तिर्न पर्दैन बाबु समय मिलाए शिष्ठेको पढाइ हेरिदिनु पर्‍यो भनि मलाई निकै अर्थाएका थिए।उनको ढिपी गर्ने बानी र मेरो उनी प्रतिको दृष्ट्रिकोण कतै पनि मिल्दोजुल्दो थिएन । कयौ पटक उनले गरेको प्रेम प्रस्तावलाई म ठाडै अस्वीकार गरिदिन्थ्ये । घरमा आमा विरामी र भाइ बहिनी पनि सानै भएका हुदा लामो समयको काठमाडौं बसाई मेरो लागि त्यति सहज थिएन । त्यहि विचमा सरकारी विद्यालयमा नोकरी प्राप्त गरेको थिए । विदाइ हुने तरखरमा थिए माथिबाट हातले इशारा गर्दै शिष्ठताले मलाई केहि दिन खोजे जस्तै गरि बोलाइन । म रोकिए “सर घर गएपछि मात्र खोल्नु होला ? ” भन्दै एउटा पार्शल थमाएकी मलाई थिइन । म गाडी चढे पछी पनि नछेकिन्जेल सम्म बाइ भन्दै हात हल्लाईरहेकी थिइन ।

गाडी भित्र फर्कदै गर्दा कौतुहलताले भरियो, यति धेरै माया भावका साथ शिष्ठताले के दिइन होला ? वेलुकी सबै समान मिलाए पछि झट्ट सम्झे अनि पार्शल खोल्न गए, लोभै लाग्दो गरि बनाइएको, धेरै पत्रहरुले वेरिएको भित्र एउटा सुन्दर डाइरी, अनगिन्ति उनको हातले कोरिएको चित्रहरु , कयौ उनका आफ्नै चित्र कयौं प्रकृति संग सम्बन्धित थिए  र अन्तिम पृष्ठमा मेरो चित्र र त्योभन्दा तल अङ्ग्रेजीमा लेखिएको थियो “सेलिवसिस्ट- काम वास्नामा आशक्त नभएको मानिस। तर म भने मेरी जुनुलाई सम्झेर टोलाईरहे।